दुर्घटनामा परेर हेटौंडाका बस्नेत घाइते

तु खबर संवाददाता
२०७९ भाद्र २३, बिहीबार १९:४४

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहीबार हिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ कमाने बिरेन्द्र चोकस्थित भित्री सडकखण्डमा हरियाली बाट पशुपतिनगर आउँदै गरेको बा ८१ प ५२५० नं.को मोटरसाइकले ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ७२ वर्षीय जलबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परेर घाइते भएका उनलाई उपचारको लागि सन्चो अस्पतालमा पठाइएको थियो ।

उनको त्यहाँ उपचार सम्भव नभएपश्चात थप उपचारको लागि दिउँसो नै चितवन मेडिकललेजमा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।