ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २२, बुधबार १५:४५
सांकेतिक तस्वीर

दाङ । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो । घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्वरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा ब्रेकफेल भएर दुर्घटना भएको थियो ।

ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको जनाएको छ ।