प्रतिनिधिसभा बैठक : डेंगू नियन्त्रण गर्न माग

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १८:१९
file-photo

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरुले देशभर डेंगू संक्रमण फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्नको लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।

बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगू संक्रमण देशभर फैलिएको भन्दै त्यसलाई नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी हुन् ।

उनले जनवरी महिनायता २ हजार २७ जनालाई डेंगू बताउँदै हालसम्म देशभरका ७२ जिल्लामा फैलिएको बताइन् ।

शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले डेंगु रोग नियन्त्रण गर्न सरकारले चासो देखाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।