मकवानपुरमा थप ४ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा मनहरी गाउँपालिकाका ३ जना र हेटौंडा उपमहानगरपालिकाका एक जना रहेका छन् । यस्तै, सोही अवधिमा जिल्लाभरका ५ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल १३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।