७२ जिल्लामा फैलियो डेंगू संक्रमण, सबैभन्दा धेरै बागमती प्रदेशमा

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १९:०१
file-photo

काठमाडौं । नेपालमा पछिल्लो समय डेंगू संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगू संक्रमण देखिएको छ ।

साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । त्यहाँ हालसम्म १२ सय ९१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा ५८३, प्रदेश नम्वर १ मा १४४, गण्डकी प्रदेशमा ५२, मधेश प्रदेशमा ४८, कर्णाली प्रदेशमा १७ र सुदूपश्चिम प्रदेशमा १४ जनामा संक्रमण पुष्टि भएको छ । देशभर पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।