राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने
काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरुका बिचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २०७८ फागुन २१ गते कार्यकाल सकिएको थियो । रिक्त राष्ट्रियसभा सदस्य पदमा २०७८ माघ १२ गते नै नयाँ सदस्य निर्वाचित भएका थिए । उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।
५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ ।
