दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार १०:१८

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ बजनी चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

वीरगञ्जबाट सिमरातर्फ आउँदै गरेको बा ७१ प २९७ नम्बरको शनिबार साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका १० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् । दुर्घटना परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।