दुर्घटनामा परेर रानाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ९, बिहीबार १६:५१

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नमवर ८ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ४० वर्षीय भिकारी राना रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । उक्र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।