मकवानपुरमा डेंगू रोगको बिरामी बढ्दो

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार १९:००
file-photo

मकवानपुर । मकवानपुरमा डैगू रोगका बिरामी बढ्दै गएको छ । जिल्लाको केही गाउँपालिका र हेटौंडामा उपमहानगरपालिकाको विभिन्न वडामाहरुमा अहिले डेंगू रोगका बिरामीहरु बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, ५, १०, ११, १२, १३, १४, १५ र १६ मा डेंगू रोगका बिरामीहरुको संख्या वृद्धि भई आज अपराह्नसम्ममा ७५ जना डेंगू रोगका बिरामी फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

डेंगू रोगका गम्भीर प्रकृतीका बिरामीहरुलाई काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र बिर अस्पतालमा थप स्वास्थ्य उपचारको लागि पठाइएको उपमहानगरपालिकाको जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

यसैगरी, सामान्य बिरामीहरुको चितवनको भरतपुर अस्पताल, हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा पनि डेंगू रोगमा सामान्य प्रकृतिका बिरामीहरुको भर्ना गरी उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भिमसागर गुरागाँईले जानकारी दिए ।

उनका अनुसार, उक्त रोगका बिरामीहरु जिल्लाकोह थाहा नगरपालिका र केही गाउँपालिकामा पनि फाटफुट्ट भेटिएको छ । जिल्लामा डेंगू रोग नियन्त्रणमा गर्न सबै स्वास्थ्य चोकी, प्राथमिक उपचार केन्द्र र उपस्वास्थ्य चौकीहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र औषधीसहित सतर्कमा राखिएको छ ।

यस्तै, उनले डेंगू रोगबाट प्रभाबित गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाहरुमा रगतको नमुना संकलन गर्ने कार्यको लागि भदौंको दोस्रो साताबाटै थप स्वास्थ्यकर्मी र आवश्यकीय प्राविधिक साधनहरु उपलब्ध गराई प्रभाबित क्षेत्रतर्फ पठाउन तयारी भइरहेको जानकारी दिए ।