हेटौंडामा नेपाल प्रहरी श्रीमती संघद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १९:०१

मकवानपुर । नेपाल प्रहरी श्रीमती संघले शुक्रबार हेटौंडामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । संघले आफ्नो ३८ औं वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र बागमती प्रदेश प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वामी, रिठ्ठा, तेजपता, अम्बा, धुपी, बयर, कपुर, बेलपत्र, निम लगायतका प्रजातीका १५० वटा बिरुवा रोपिएको थियो ।

बागमती प्रदेश प्रहरी श्रीमती संघकी सदस्य दिपा गौतम, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, बागमती प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत ५० जना सकल दर्जाका प्रहरी कर्मचारीहरुले बृक्षारोपण गरेका थिए ।