रुसी आक्रमणमा ४ जनाको मृत्यु
काठमाडौँ । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा विहिबार विहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुको साथै २० जना घाइते भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो । खार्किभमा एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा ७ जनाको ज्यान गएको थियो ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मस्कोले फेब्रअरीको अन्त्यदेखि लगातार रुसी गोलाबारीको शिकार हुँदै आएको छ । मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः ३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताएका छन् ।
