नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु
काठमाडौँ । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद्ले मत विभाजन गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।
अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात् सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।
सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।
