प्रणामी युवा परिषद् नेपालद्वारा विद्यार्थीलाई खाद्यान्न र स्टेशनरी सहयोग

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार १८:०५

मकवानपुर । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित संस्कृत वेद विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेको छ । युवा परिषद्ले श्रीकृष्ण जन्माष्ठमीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिन उक्त विद्यालयका विद्यार्थीहरुलाई २० हजार रुपैयाँ बराबरको खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरिएको हो ।

विद्यार्थीहरुलाई ग्यास, चामल, दाल, मसला, नुन, विस्कुट, चिउरा, दालमोट, कापी, कलमलगायत विभिन्न सामाग्री वितरण गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका अध्यक्ष आरके चौलागाई जानकारी दिए । खाद्यान्न र स्टेशनरी सामाग्री वितरण कार्यक्रम परिषद्का अध्यक्ष चौलागाईको सभाध्यक्ष तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य बद्रीप्रसाद चौलागाईकोे प्रमुख आतिथ्यमा भएको हो । संस्कृृत वेद विद्यालयमा ६० जना विद्यार्थी आश्रित छन् ।