उसले आफ्नो मुटु उपहारमा राखेको छ
विपिन सुबेदी
गजल
उसले एक नजर दरबारमा राखेको छ ।
र पाइला तरबारको धारमा राखेको छ ।
देशमा के छ र ? भन्दै जो खाडी भासियो
बाआमा गाउँ, श्रीमती बजारमा राखेको छ ।
सदियौ देखि जनता ठगिरहेको नेताले पनि
देश बिकासको कुरा प्रचारमा राखेको छ ।
तिम्ले त बुझ्न सकिनौ सायद उस्को माया
हेरत ! उस्ले आफ्नो मुटु उपहारमा राखेको छ ।।
-विपिन सुबेदी
हेटौँडा, मकवानपुर
