जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १, बुधबार १८:१८

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर सबै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरुको सनाखत भने भएको छैन । यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जनाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।