ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १६:३७

विर्तामोड । झापाको दमक नगरपालिका–४, चिया दोकानमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मत्यु हुनेमा स्कुटर चालक दमक–४ का ६८ वर्षीय रामजुलुम नायक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर नायक गम्भीर घाइते भएका थिए । घाइते उनको निम्स अस्पताल दमकमा सामान्य उपचार भई थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर लगिएकामा मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।