प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते

तु खबर संवाददाता
२०७९ श्रावण २९, आईतवार १८:४१

दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।