दुर्घटनामा परेर दुई डीएसपीसहित ५ जना घाइते
रुकुम (पूर्व) । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँएर दुर्घटना हुँदा दुई जना प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटना भएको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
