मोटरसाइकलको ठक्करबाट राईको

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार ०९:५२

चितवन । चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीया फुलमाया राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, प्यारीढापबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।