तामाङ पत्रकार संघ मकवानपुरले हेटौंडामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १०:०७

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरले आगामी भदौं १ गते हेटौंडामा पत्रकार र सरोकारवालाबीच अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । संघको बिहीबार बसेको बैठकले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष जयराम मोक्तानले जानकारी दिए ।

दिवसको अवसरमा हरेक वर्ष झै यस वर्ष पनि तामाङ पत्रकारितामा रहेको अवसर, चुनौती र सम्भावनाका बारेमा मकवानपुरका स्थानीय तहका प्रमुख र उप–प्रमुखसहितको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न लागिएको उनको भनाई छ ।