बागमती प्रदेश : एक वर्षमा दुर्घटना सम्बन्धी ३६५ वटा मुद्दा दर्ता
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा दुर्घटना सम्बन्धी ३६५ वटा मुद्र्दा दर्ता भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को साउन महिनादेखि असार मसान्तसम्ममा प्रदेशका १० जिल्लामा भएको १ हजार ७९८ दुर्घटनामा ३६५ वटा सवारीसाधन दुर्घटना सम्बन्धी मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रदेशको चितवन जिल्लामा भएको ५३२ वटा दुर्घटनामा १२५ वटा सवारी साधनहरु सम्बन्धी मुद्दा दर्ता गरिएको छ । त्यस्तै, मकवानपुरमा भएको ३१८ वटा दुर्घटनामा ६५ वटा मुद्दा दर्ता भएको छ भने सिन्धुलीमा भएको २९१ वटा दुर्घटनामा ४५ वटा मुद्दा दर्ता भएको छ ।
यसैगरी, रामेछापमा भएको ३२ वटा दुर्घटनामा ७ वटा, दोलखामा भएको ४० वटा दुर्घटनामा ६ वटा, काभ्रेमा भएको १५१ वटा दुर्घटनामा ४० वटा, सिन्धुपाल्चोकमा भएको ६७ वटा दुर्घटनामा १६ वटा, नुवाकोटमा भएको ८२ वटा दुर्घटनामा १३ वटा, धादिङमा भएको २७२ वटा दुर्घटनामा ४५ वटा र रसुवामा भएको १३ दुर्घटनामा ३ वटा वटा मुद्दा दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
