मकवानपुरमा २ दर्जनभन्दा बढीमा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगुको संक्रमण फैलँदै गएको छ । जिल्लामा दुई साताको अवधिमा दुई दर्जनभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार, चालु आर्थिक वर्षको साउन १ गतेदेखि १५ गतेसम्ममा २८ जना डेंगुका बिरामी भेटिएको हो । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका व्यक्तिहरुलाई उक्त संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा हेटौंडा–४ र ५ का रहेका छन् । उनीहरुको उपचार भइरहेको छ ।
साथै उनले १५ दिनको अवधिमा यति धेरै डेंगु संक्रमित भेटिएको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
