कक्षा ११ को भर्ना साउन मसान्तसम्म गर्न परीक्षा बोर्डको निर्देशन

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार ०९:४०
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्ना साउन मसान्तसम्म गर्न विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएका छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म विद्यार्थी भर्ना संचालन गर्न निर्देशन दिएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो ।

जारी सूचनामा विद्यालयहरुले माध्यमिक शिक्षा परीक्षा (कक्षा–१०) को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सबै विद्यालय र क्याम्पसलाई सुचित गरिएको उल्लेख छ ।

एसईईको नतिजा साउन ११ गते प्रकाशित भएको थियो ।