भन्सार छलि ल्याएको अबैध कपडा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलि ल्याएको अबैध कपडा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेक पोईन्टस्थित सडकखण्डबाट शनिबार विभिन्न प्रकारको कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस र सेन्डो गन्जी ३०० पिस बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा ५ ख २४६८ नम्वरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सो बसको डिकी र छतमा गरी ७ बोरामा उक्त परिमाणको कपडा बरामद गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
