स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
दाङ । दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी ३ वर्षीया छोरी पूजा थापा रहेका छन् । शुक्रबार बेलुका न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्वरको बसको टायरमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बालिका थापा बसबाट ओर्लने क्रममा पछाडीको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्याइए लगत्तै उनको मृत्यु भएको थियो । प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
