बञ्चरो प्रहारबाट बुबाको हत्या
बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान आफ्नै छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको प्रहरीले जनाएको छ ।
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको बैतडी प्रहरीले जनाएको छ ।
