भक्तपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
भक्तपर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्रवको बस र बा ६१ प ३९७८ नम्वरको स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर बसमा सवार २ जना र स्कुटरमा सवार १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् भने अरु दुई जनाको सनाखत हुन सकेको छैन ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेको च्यापेको थियो । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइते भएका उनीहरुको उपचार भइरहेको छ ।
