माओवादी केन्द्रमा प्रदेश साँसदका उम्मेदवारनै प्रवेश गरे
मकवानपुर १२ पुस । नेकपा माओवादी केन्द्र मकवानपुरको आयोजनामा पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालय मकवानपुरको हेटौंडा संगम चोकमा आज (बुधबार) सम्पन्न भएको छ । प्रतिनिधिसभा १ प्रदेस (क) का साँसद तथा माओवादी केन्द्र मकवानपुरको जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा प्रतिनिधि सभा २ को (क) का प्रदेश साँसद एवं मकवानपुर जिल्ला ईन्र्चाज कुमारी मोक्तानको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

पार्टी प्रवेश गर्नेहरुमा जनमुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा २ को (क) को उम्मेदवार समेत रहेका अमृत लामा, नयाँ शक्ति नेपालका जिल्ला सचिवालय सदस्य छविलाल वाईवा (पहाड) प्रकाश घताने ,सोम बहादुर घिमिरे ,पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका नेताहरु बलराम बल ,सर्केश घलान ,प्रकाश पाण्डे, कमान सिं पाख्रिन (पृथक) विवेक राई , साथै थाहा नगरपालिकाका मेयर लबसेर बिष्ट लगाएतको उपस्तिथि रहेको थियो ।
