दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार १९:१६
सांकेतिक तस्वीर

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–२ निगौल सडकखण्डमा आज पेट्रोलपम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमाजिल्लाकै औरही नगरपालिका–२ का २४ वर्षीय विवेक यादव रहेका छन् । प्रहरीका अनुसार, सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

मृतक यादव प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्वरको मोटरसाइकलमा सवार थिए । यस्तै, सोही दुर्घटनामा परेर प्रदेश नम्बर २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २५ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ ।

मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।