प्रतिनिधिसभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सकिएको घोषणा गर्दै अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका हुन् ।
आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ । यस्तै, आजै बसेको दोश्रो बैठकले प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।
