प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने

तु खबर संवाददाता
२०७९ असार ३०, बिहीबार ०८:०७
file-photo

काठमाडौँ । दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सो बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी रहेको बुझिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए । नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिए विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।