दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २९, बुधबार १०:३२

कैलाली । कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा सु.प.प्र. ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्वरको मोटरसाइकल र से ७ प ११४७ नम्वरको मोटरसाइकल एकासपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा से ७ प ११४७ नम्वरको मोटरसाइकलका चालक रामअवतार कठरिया रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर घाइते भएका सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ भने सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ ।