पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा परेर खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
