यौन हिंसासम्बन्धी विधेयक २०७९ पारित

तु खबर संवाददाता
२०७९ असार २७, सोमबार १८:३०
file-photo

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । सभाको आज बसेको दोस्रो बैठकले उक्त विधेयक पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भयो । उक्त विधेयक उपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो ।