कारको ठक्करबाट पैदलयात्रुको मृत्यु
दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्वरको कारले ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको जनाइएको छ ।
