ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार १६:४१

झापा । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान मे.१ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया कमला नेपाल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।