मकवानपुर प्रहरीले ४२२ किलो गाँजा जलायो
मकवानपुर । मकवानपुर प्रहरीले बरामद गरिएको ४२२ किलो लागूऔषध गाँजा नष्ट गरेको छ । उक्त परिमाणको गाँजा मंगलबार इलाका प्रहरी कार्यालय पालुङ नजिकै खोलाकिनारमा जलाएर नष्ट गरेको हो ।
प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको प्रहरी टोलीले जेठ ८ गते राती थाहा नगरपालिका ३ घर्तिखोलामा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा सो परिमाणमा गाँजा बरामद गरेको थियो । ट्रकमा कोही पनि नभएको अवस्थामा २८ पोका गाँजा फेला पारेका थिए । अनुसन्धानका क्रममा सो गाँजा कसले ल्याएका हुन् भन्ने एकिन भइसकेको छैन ।
