मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १९, आईतवार १८:१३

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ स्थित धरान चतरा सडकखण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेकोको ना ७ त ८०७३ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी १७ वर्षीया सलिना राई रहेका छन् । दुर्घटनामा परेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, उक्त दुर्घटनामा परेर ट्याक्टरमा सवार २१ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्थामा गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि हेटौंडातर्फ ल्याउँदै गरेको ल्याइदै छ । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ ।