भ्यानको ठक्करबाट बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १९, आईतवार १७:४७
file photo

काठमाडौं । काठमाडौंको बल्खुमा आइतबार भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ५ वर्षीय छोरा आयुष बन्सुरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार दिउँसो बा १३ च ६४१९ नम्वरको भ्यानले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका बालकको बल्खुस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त भ्यानको ठक्करबाट मृत बालकका आमा योगिता बन्सुर घाइते भएकी छिन् । योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । प्रहरी वृत्त कालिमाटीले भ्यान र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।