माओत्सेतुङको सम्झनामा (कविता)

कमान सिं पाख्रिन्(पृथक)
तु खबर संवाददाता
२०७४ पुष ११, मंगलवार १०:०६
कमान सिं पाख्रिन पृथक

सागर तर्छु भन्दैमा
सबै कहाँ तर्न सक्छ र?
चुनौतीको सागर
चुनौतीको सागर तर्न
साहस हुनु पर्छ
कमरेड माओत्सेतुङको जस्तै साहस
साम्राज्यवादी जलकुम्भीमा
नअल्झिने साहस ।

शिखर चढ्छु भन्दैमा
सबै कहाँ चढ्न सक्छन् र?
लोकप्रियताको शिखर
लोकप्रियताको शिखर चढ्न
वर्गसंघर्षमा होम्न सक्नुपर्छ
कमरेड माओत्सेतुङ जस्तै,
मानव जातिको मुक्ति अभियानमा ।

माओत्सेतुङ
(१८९३-२०१७)२६डिसेम्बर

नेतृत्व गर्छु भन्दैमा
सबैले कहाँ गर्न सक्छन् र?
कुशल नेतृत्व
कुशल नेतृत्व गर्न
जननेताको गुण चाहिन्छ !

कमरेड माओत्सेतुङको जस्तै,
हेड्क्वाटरमा बमवार्ड गर भन्न सक्ने
खराबको कडा खण्डन गर्न सक्ने आँट
त्यस्तै सर्वहारा समाजवादी गुण
संसार बदल्ने साहस र शूर।

तव पो झुक्छ
निधनमा शिर
कमरेड माओत्सेतुङको निधनमा जस्तै
श्रद्धा सम्मानमा शिर ।
-कमान सिं पाख्रिन्(पृथक)
(जिल्ला कार्यालय सदस्य मकवानपुर, माओवादी केन्द्र)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*