पशुपतिनाथ माविमा विपद् ब्यवस्थापन तालिम
मकवानपुर । मकवापुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा विपद् ब्यवस्थापनसम्बन्धी ४ दिने तालिम समापन भएको छ । विपद् ब्यवस्थापनको विषयलाई विद्यालय सुधार योजनामा एसआइपीमा समावेश गरी सुरक्षित विद्यालय अवधारणालाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी, अभिभावक, वडाका जनप्रतिनिधिलाई तालिम प्रदान गरिएको हो ।
केन्द्रीय आयोजना कार्यान्वयन ईकाइको आयोजनामा भएको चार दिने तालिममा विद्यालयका शिक्षक ६ जना, विद्यार्थी ८ जना, विद्यालय ब्यवस्थापन समितिसहित अभिभावक ६ जना, शिक्षक अभिभावक संघका प्रतिनिधि ३ जना, वडाका जनप्रतिनिधि ३ जना सहभागी थिए ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य मंगलबहादुर मोक्तानको सभाध्यक्षता एवम् वडा सदस्य दिनेश चेपाङको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा विब्यस अध्यक्ष माधब गौतम, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक राचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका बिषयलाई ब्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
