सवारी दुर्घटनामा केसीसहित दुई जनाको मृत्यु
दाङ । दाङमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २९२२ नम्वरको मोटरसाइकलले घोराही–७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको दाङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर मोटरसाई्कलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी घाइते भएका छन् । उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
