हेटौंडाकी ढकालको स्वरमा भो माया चाहिँदैन

काठमाडौँ । ‘भो माया चाहिँदैन’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । २०७९ सालकै पहिलो तीज गीतको रुपमा सो गीतलाई लिइएको छ । गीतमा एलिना चौहान र स्वस्तिका ढकालको स्वर रहेको छ ।
राजेन्द्र थापाको शब्द रहेको सो गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । मेलोडी कलेक्सन समिर आचार्यको रहेको छ ।
सोही गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भइसकेको छ । गम्भिर विष्टको कोरियोग्राफी एवम् निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।