हेटौंडामा प्रदेश स्तरीय दुई दिने महिला उद्यमी सम्मेलन हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय दुई दिने महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी हुने भएको छ । उक्त कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुने भएको हो ।
कार्यक्रम यही असार १३ र १४ गते हुने महासंघका कार्यबहाक अध्यक्ष तारानाथ चौलागाईले जानकारी दिए । उनका अनुसार, रोयल पार्टी प्यालेसमा हुने सम्मेलनमा ५० वटा स्टल रहने र महिलाले उत्पादन गरेका कुसन, डल, खाद्य पदार्थ, हस्तकलाका सामाग्रीहरु प्रदर्शनीको रुपमा राखिनेछ । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।
