ईन्द्र बहादुर बानिँयालाई पितृशोक
मकवानपुर १० पुस । नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका पुर्व गृहराज्यमन्त्री साथै मकवानपुर प्रदेशसभा २ का साँसद ईन्द्रबहादुर बानिँयालाई पितृशोक परेको छ । उनका बुवा छेमबहादुर बानिँयाको आज बिहान ८१ बर्षको उमेरमा स्वर्गारोहण भएको हो ।
स्वर्गीय छेमबहादुर बानिँयालाई काडमाण्डौंको बयोधा हस्पिटलले आज बिहान मृत घोषणा गरेको हो ।
उनको हृदयघातका कारण मृत्यू भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको दाहसस्कारको लागि पशुुपति आर्यघाटमा लगिदैं गरीएको र १ बजे दाहसंस्कार गरीने भएको छ ।
