दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते
मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नम्वर ११ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दिउँसो को २० प ७७५२ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा हो ।
त्यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल पछाडी सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका छन् । उनको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
