मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य पुनः सुरु
मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य आजबाट पुनः सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।
प्रशासनले गत असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य आजबाट पुनः संचालन गर्न लागेको हो ।
