रक्तसञ्चार केन्द्र हेटौंडामा ४२२ युनिट रगत संकलन
मकवानपुर । रक्तसञ्चाल केन्द्र हेटौंडामा एक महिनाको अवधिमा ४२२ युनिट रगत संकलन भएको छ । उक्त रगत जेठ महिनामा विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन भएको रक्तसंचार केन्द्र हेटौंडाले जनाएको छ ।
केन्द्रका अनुसार, रक्तदान कार्यक्रमबाहेक पनि रक्तसञ्चार केन्द्र हेटौंडाले रगतको मागअनुसार आकस्मिक अवस्थामा रक्तदान गर्ने सूचिमा रहेका रक्तदातालाई बोलाएर रगत संकलन गर्ने गरेको छ ।
१८ वर्ष पूरा भई ६० वर्ष ननाघेका र कम्तीमा ४५ केजी तौल भएका व्यक्तिले तीन÷तीन महिनामा रक्तदान गर्न सक्ने रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु प्रसाद रिमालले जानकारी दिए ।
उनका अनुसार, मलेरिया, क्षयरोग, यौनरोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिको रगत संकलन गरिनेछैन । यस्तै, महिलाहरुको हकमा गर्भवती भएको समय र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन ।
