मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य भोलिदेखि सुरु
मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य भोलिदेखि पुनः सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।
असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य भोलि असार ६ गतेदेखि पुनः संचालन गर्ने भएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
