मकवानपुरका जनप्रतिनिधिहरुलाई सम्मान
मकवानपुर । गैर सरकारी महासंघ मकवानपुरले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । महासंघले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
गैसस महासंघका अध्यक्ष डा. कृष्ण प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमिला सापकोटाले स्वागत भनाई राखेकी थिइन् । कार्यक्रममा स्थानीय तहका निर्वाचित प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।
